Boom Remit tie up with Century Commercial Bank Ltd.

प्रेस बिज्ञप्ती

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, रजिष्टर्ड कार्यालय पुतलीसडक काठमाण्डौं र बुम रेमिट्यान्स प्रा.लि कालिमाटी सोल्टीमोडका बीच मिति २०७३÷०९÷०७ का दिन देखि लागु हुने गरी बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम सेन्चुरी कर्मसीयल बैंकका सबै शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमिट सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अनुज मणि तिमिल्सिना र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक श्री धिरेन्द्र पन्तले हस्ताक्षर गर्नुभयो । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि प्रतिनिधिहरु छन् । यस अघि बुम रेमिट्यान्स प्रा. लि. सेन्चुरी कर्मसीयल बैंक लि. को सेन्चुरी रेमिटको लागी आधिकारिक प्रतिनिधि समेत रहेको छ ।

हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ । सेञ्चुरी कमर्सियल बैंकमा बुम रेमिट्यान्सका प्रवन्ध निर्देशक श्री धिरेन्द्र पन्तले सेन्चुरी रेमिट प्रडक्ट सुरू गरी केही समय सेन्चुरी रेमिटको प्रमुख भई कार्य गर्नु भएको थियो ।

आन्तरिक संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने रणनिति रहेको कुराको जानकारी प्रबन्ध निर्देशक श्री धिरेन्द्र पन्तले दिनुभयो । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको कुराको जानकारी प्रबन्ध निर्देशक श्री धिरेन्द्र पन्तले दिनुभयो । श्री धिरेन्द्र पन्त “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने बताउनुहुन्छ ।

भवदिय
बिष्णु मान श्रेष्ठ
प्रमुख सन्चालन अधिकृत