4th match of “Nepal Telecom Rupandehi Super League Cricket Tournament 2073″

cricket-league-rupendehi

भैरहवा, १२ माघ । साई ग्लोवल क्रिकेट क्लव भैरहवालाई हराउर्दै एपेक्स क्रिकेट क्लव शकंरनगर ‘ए’ डिभीजन क्लवमा प्रवेश गरेको छ ।

नेपाल टेलिकम जिल्ला स्तरीय सुपर लिग अन्तरगत आज बि डिभीजन अन्तरर्गतका यि दुई क्लव बिच भएको खेलमा साई ग्लोवललाई हराउदै एपेक्स ए डिभीजनमा उक्लीएको हो ।टस जितेर पहिला ब्याटीन गरेको साई ग्लोवल निर्धारित ३५ ओभरको खेलमा ३२ दशमलव १ मा अलआउट हुदै १ सय ३१ रनमा समेटिएको थियो ।
प्रति उक्तरमा एपेक्सले १८ दशमलव ४ ओभरमा ४ बिकेट गुमाउदै १ सय ३२ रन बनाउदै लक्ष्य पार गरेको थियो । एपेक्सका लागि प्रतिम थापा मगरले ३४, अजय कौसील्याले नटआउट २९ रन बनाएका थिए । साई ग्लोवलका मोहम्मद हुसेन, सुमोध पौडेल, सोहील पाल र अमीत यादवले १र१ विकेट लिएका थिए । साई ग्लोवलका लागि आदीत्य त्रिपाठीले ३२ र मोहम्मद हुसेनले २६ रन बनाए पनि जितकालागी प्रयाप्त हुन सकेन ।
एपेक्सका बसिर अहमद खाँन, सुजन न्यौपाने, महेन्द्र सुवेदी र रविन्द्र जगं साहीले २र२ तथा अर्जुन बस्यालले १ बिकेट लिएका थिए । खेलको म्यान अफद म्याच एपेक्सका रविन्द्र जगं साही घोषीत भएका छन् । नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता अन्तरगर्त बिहीबार वेस्टन क्रिकेट क्लव बुटवल र लुम्बिनी कसाई क्रिकेट क्लव लुम्बिनी बिच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट सघंका अध्यक्ष प्राशन्त बिक्रम मल्लले जानकारी दिए ।
फागुन ४ गते सम्म सचांलन हुने प्रतियोगीतामा अहिले डिभीजन बि मा रहेका क्रिकेट क्लवहरु बिच खेल भईरहेका छन् । प्रतियोगीताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानल दुबैले ५र५ हजार नगद पुरस्कार पाउने छन् । प्रतोयोगितामा रुपन्देहीका आठ बटा ए डिविजन क्लब र १२ बटा बि डिभीजनका क्लबहरुले भाग लिएका छन् ।