Union Finance and Sagarmatha Finance tie up with Boom Remit

प्रेस बिज्ञप्ती

boom-remit-agreement

युनियन फाइनास लि, रजिष्टर्ड कार्यालय नक्साल काठमाण्डौं तथा सगरमाथा फइनान्स लि, रजिष्टर्ड कार्यालय जावलाखेल काठमाण्डौं र बुम रेमिट्यान्स प्रा.लि. कालिमाटी सोल्टीमोडका बिच मिति २०७३÷१०÷१० का दिन देखि लागु हुने गरी बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम युनियन फाइनास लि र सगरमाथा फइनान्स लि का सबै शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमीटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि सम्झौता भएको छ । बुम रेमिट्यान्सका प्रवन्ध निर्देशक श्री धिरेन्द्र पन्तका अनुसार बुम रेमीटको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि प्रतिनीधीहरु छन् ।

हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै हङकङ, मलेसिया, कोरीया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।

आन्तरिक संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने रणनिति रहेको कुराको जानकारी प्रबन्ध निर्देशक श्री धिरेन्द्र पन्तले दिनुभयो । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको कुराको जानकारी प्रबन्ध निर्देशक श्री धिरेन्द्र पन्तले दिनुभयो । श्री धिरेन्द्र पन्त “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने बताउनुहुन्छ ।

भवदिय
बिष्णु मान श्रेष्ठ
प्रमुख सन्चालन अधिकृत